२०८२ कार्तिक २९ गते शनिबार
neelambads

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दुई नयाँ कक्षाकोठाको उद्घाटन

 

अभिलाष गुप्ता
बिरगंज २५ जेष्ठ

लेडिज सर्कल नेपाल अन्तर्गत बीएलसी–३ द्वारा निर्माण सम्पन्न गरिएको दुईवटा नयाँ कक्षाकोठाको भव्य उद्घाटन कार्यक्रम श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चोर्नी, चुनेली, वडा नं. ३२ मा सम्पन्न भयो।

कार्यक्रमका मुख्य अतिथि एलसीएनकी राष्ट्रिय उपाध्यक्ष शिवानी अग्रवाल रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा एलसीएनकी राष्ट्रिय कोषाध्यक्ष  दिव्या गोयनकाको उपस्थिति रहेको थियो।

कार्यक्रमको समन्वय बीएलसी–३ की अध्यक्ष खुश्बु सिंघानियाको नेतृत्वमा गरिएको थियो। विद्यालयका प्रधानाध्यापक विजय कुमार यादवले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो।

नयाँ कक्षा ९ र १० का लागि निर्माण गरिएको दुईवटा कक्षाकोठा ४० दिनको अवधिमा निर्माण सम्पन्न गरिएको हो।

कार्यक्रममा बीआरटी–३ का चेयरम्यान टेबलर आयुष, एलसीएनकी पूर्व अध्यक्ष सुनिता खेतान, बीएलसीका पूर्व सर्कलरहरू निशा सरावगी र  पूजा पटवारी, साथै बीएलसी–३ का सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो।

यस परियोजनाले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय सिकाइका लागि सुरक्षित र उपयुक्त सिकाइ वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM