२०८२ फाल्गुन ५ गते मंगलवार

वीरगंजको नयाँ आकर्षण शंखधर शाख्वा पार्कमा विद्यार्थीहरूको घुइँचो

 

अभिलाष गुप्ता
वीरगंज २६ जेष्ठ

वीरगंज महानगरपालिकाले हालै सर्वसाधारणका लागि खुले संगै शंखधर शाख्वा पार्क बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि रमाइलोको केन्द्र बन्दै गएको छ। पार्क खुल्ला भएसँगै सर्वसाधारण तथा विद्यार्थीहरूको उल्लेख्य घुइँचो देखिएको छ।

आज वीरगंजस्थित नवदिप एकेडमीका कक्षा १ ‘A’ र कक्षा ४ ‘B’ का विद्यार्थीहरूले यही पार्कमा रमाइलो गर्दै समय बिताएका छन्। बालबालिकाहरूको उत्साह र ऊर्जा पार्कभरि फैलिएको थियो। खेलकुद सामग्री, मनोरञ्जन स्थल तथा हरियाली वातावरणले बच्चाहरूको मन जितेको देखियो।

विद्यालयकी सञ्चालिका शुशिला साहले वीरगंजमा यस्ता पार्कहरू बालबालिकाको सर्वांगीण विकासका लागि अत्यन्त आवश्यक रहेको बताइन्। उनले भनिन्, “शंखधर शाख्वा पार्कले बच्चाहरूलाई खेल्न, रमाउन, र नयाँ कुरा सिक्न सजिलो वातावरण दिएको छ। यस किसिमका सार्वजनिक स्थलहरूको विकासले नगरको शैक्षिक तथा सामाजिक गतिविधिमा सकारात्मक प्रभाव पार्दछ।”

पार्कमा झुला, स्लाइड, घुम्ती चढ्ने ठाउँ, खुला स्थान तथा बोटबिरुवाले सजिएको वातावरणले बच्चाहरूलाई शारीरिक तथा मानसिक रुपमा सशक्त बनाउने विश्वास गरिएको छ।

“हाम्रो वीरगंज, राम्रो वीरगंज” भन्ने नाराका साथ वीरगंज महानगरपालिकाले स्थापना गरेको यो पार्कले स्थानीय नागरिकबीच आशा र उल्लास भरिदिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM