२०८३ श्रावण २६ गते मंगलवार

उपकार सेवा नेपालद्वारा जिराभवानी मन्दिरमा पंखा हस्तान्तरण

 

उपकार सेवा नेपालले बढ्दो गर्मीलाई मध्यनजर गर्दै जिराभवानी गाउँपालिका–१ स्थित प्रसिद्ध बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरमा भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्यलाई ख्याल गर्दै पाँच थान सिलिङ पंखाको व्यवस्था गरेको छ।

एक विशेष कार्यक्रमबीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो तथा पुजारी किशुन दासलाई पंखा हस्तान्तरण गरिन्।

कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया तथा स्थानीय भद्रभलादमीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीयहरूले उपकार सेवा नेपालको यो सामाजिक कार्यको प्रशंसा गर्दै मन्दिरको वातावरणलाई सहज र भक्तिमय बनाउने कार्यमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM