बिरगंज पब्लिक कलेजको २५ औं वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित “बिपिसी युवा महोत्सव 2025” आज भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा र सिर्जनशीलताको संगम स्वरूप आयोजित यस कार्यक्रमले युवाहरूलाई उद्यमशीलता, सञ्जाल निर्माण र मनोरञ्जनको अवसर प्रदान गरेको छ।

महोत्सवको प्रमुख आकर्षणहरूमध्ये “नेभिगेसन एण्ड नेटवर्किङ” का गतिविधिहरूले सबैको ध्यान तान्न सफल भएको थियो। सहभागी विद्यार्थी तथा युवाहरूले आपसमा परिचय आदानप्रदान गर्दै आफ्नो क्षमता र योजना साझा गर्ने प्लेटफर्म प्राप्त गरे। सो संग संगै विद्यार्थीहरूले वीरगन्ज पब्लिक कलेजमा अध्यापन हुने +2, BBA, BIM, BBS, BIT, MBA, MBS को बारेमा विस्तृत जानकारी प्राप्त गरेका थिए।
बिरगंजमै उत्पादन भएका सामग्रीहरू प्रस्तुत गरिएका व्यवसायिक स्टलहरू महोत्सवको अर्को विशेष पक्ष रह्यो। घरेलु तथा लघु उद्यममा आधारित उत्पादनहरूको प्रदर्शनीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न उल्लेखनीय योगदान पुर्यायो।
रेस्टुरेन्टको झल्को दिने स्वादिष्ट फूड स्टलहरू ले महोत्सवमा सहभागीलाई स्वादको रमाइलो यात्रा गराए। विभिन्न प्रकारका परिकारहरूको मज्जा लिन आएका आगन्तुकहरूले स्टलहरूमा लामो लाइनहरू देखिए।
खेलकुद तथा रमाइलो गतिविधिहरू जस्तै फेस पेन्टिङ, रिंग टस, डार्ट गेम, फनफेयर स्टलहरूले युवाहरूमा उमङ्ग र उत्साह थपेका थिए।
कार्यक्रममा बिभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू, अभिभावक, शिक्षक, उद्यमी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजक संस्था बिरगंज पब्लिक कलेजले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




















