२०८२ मंसिर २६ गते शुक्रबार

साउनको दोस्रो सोमबार लायन्स क्लब अफ बिरगंज आदर्शनगरद्वारा अलखिया मठमा निशुल्क चिसो पानी वितरण

 

 

साउन महिनाको दोस्रो सोमबारको विशेष अवसरमा लायन्स क्लब अफ बिरगंज आदर्शनगरले धार्मिक आस्थाको केन्द्र मानिने ऐतिहासिक अलखिया मठ मन्दिर अगाडि निशुल्क चिसो पानी वितरण कार्यक्रम गरेको छ।

साउन महिनामा सोमबारका दिन मन्दिरमा दर्शनार्थीहरूको भीड बाक्लो हुने भएकाले भक्तजनलाई सहज र राहत पुर्‍याउने उद्देश्यले यो पहल गरिएको हो। “सर्बसाधारण र दर्शनमा आउने भक्तजनहरूलाई चिसो पानी पिउन दिनु हाम्रो सामाजिक उत्तरदायित्वको अभिव्यक्ति हो,” लायन्स क्लबका डिस्टिक एजुकेटिभ चिफ तथा समाजसेवी प्रकाश बाहेतीले बताए।

उक्त कार्यक्रममा क्लबका अध्यक्ष सुरेश रुङटाको अध्यक्षतामा एवं सचीव मनिष अग्रवाल,कोषाध्यक्ष दिपु रौनियार,सदस्य प्रदिप डालमिया,डिस्टिक एजुकेटिभ चिफ प्रकाश बाहेती,भवरलाल पारिख एवं अन्य पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे। यस किसिमका कार्यले सर्वसाधारणबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो। क्लबले यस्ता सामाजिक तथा सेवा-भावना प्रकट गर्ने कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM