२०८३ श्रावण १० गते आईतवार

नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

अभिलाष गुप्ता
वीरगञ्ज, असार २९

नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज, नेपाल र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सचिव सुरेन्द्र कुमार सिंहले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौताको मुख्य उद्देश्य नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का बोर्ड सदस्य, कर्मचारी, समुदायका सदस्य तथा कर्मचारीका प्रत्यक्ष आश्रित परिवारजनलाई गुणस्तरीय, सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाइएको छ।

सम्झौताअनुसार लाभार्थीहरूले नेशनल मेडिकल कलेजमा ओपीडी टिकट, बेड, शल्यक्रिया, प्याथोलोजी परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, ईसीजी, ईको, टीएमटी तथा औषधि सेवासहित विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्नेछन्। साथै, आवश्यकताअनुसार विशेष स्वास्थ्य परीक्षण (वेलनेस प्याकेज), नगदरहित (क्यासलेस) बीमा सेवाको सहजीकरण तथा नियमित स्वास्थ्य सेवामा प्राथमिकता प्रदान गरिने व्यवस्था गरिएको छ।

यस सहकार्यअन्तर्गत प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, आवश्यकता अनुसार स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गर्ने तथा दुवै संस्थाबीच संयुक्त स्वास्थ्य तथा सामाजिक गतिविधि सञ्चालन गर्ने सहमति भएको छ।

सम्झौताले नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का सदस्य तथा उनीहरूका परिवारजनलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनुका साथै नेपाल–भारतबीच स्वास्थ्य सेवामा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन्।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कण्ठ, प्रशासन अधिकृत पप्पु सिंहलगायत नेशनल मेडिकल कलेज तथा नयी दिशा एजुकेशनल सोसाइटी (भारत) का पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM