२०८३ श्रावण १० गते आईतवार

समुदाय–प्रहरी साझेदारी सुदृढ बनाउन वीरगञ्जमा नागरिक सुनुवाइ, शान्ति सुरक्षा र लागुऔषध नियन्त्रणमा जोड

अभिलाष गुप्ता
वीरगञ्ज ३१ असार

जिल्ला प्रहरी कार्यालय पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिका–१५ स्थित हर्ष पार्टी प्यालेसमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले स्थानीय शान्ति सुरक्षा, अमनचयन कायम राख्ने उपाय, जनगुनासो सम्बोधन, लागुऔषध ओसारपसार नियन्त्रण, घरेलु मदिरा उत्पादन रोकथाम तथा मनसुनजन्य बाढी–डुबानबाट बच्ने उपाय र क्षति न्यूनीकरणका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक नवीन थापा मगर, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज महानगरपालिका वडा नं. १५ र १६ का वडाध्यक्ष, स्थानीय भद्रभलाद्मी, महिला, पुरुष, ज्येष्ठ नागरिक तथा जनप्रतिनिधिसहित करिब १०० जनाको सहभागिता रहेको थियो।

सुनुवाइका क्रममा सहभागीहरूले स्थानीय शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषधको बढ्दो समस्या तथा समुदाय–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना जिज्ञासा, गुनासा र सुझाव राखेका थिए। प्रहरी उपरीक्षक पाठकले उठेका प्रश्नहरूको जवाफ दिँदै समुदायको सक्रिय सहभागिता र सहयोगबिना सुरक्षित समाज निर्माण सम्भव नहुने उल्लेख गरे।

समुदाय र प्रहरीबीच आपसी समन्वय, विश्वास तथा सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नागरिक सुनुवाइ कार्यक्रम करिब डेढ घण्टासम्म सञ्चालन भई सम्पन्न भएको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM