२०८३ श्रावण १० गते आईतवार

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग

अभिलाष गुप्ता
वीरगञ्ज, साउन २

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रमलाई विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ।

समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता) का अनुसार आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउन पिठो,तेल,नुन,तरकारीलगायत आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।

मानवसेवा आश्रमले समितिप्रति आभार व्यक्त गर्दै यस सहयोगले आश्रममा आश्रित आमाबुवाहरूको सेवा, संरक्षण र दैनिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ। आश्रमका अनुसार समाजसेवाप्रतिको यस्तो संवेदनशीलता, उदारता र मानवीय भावनाले अन्य व्यक्ति तथा संघसंस्थालाई पनि सामाजिक सेवामा प्रेरित गर्ने विश्वास लिइएको छ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। समितिले यस्ता मानवीय कार्यलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।

मानवसेवा आश्रमले श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको उत्तरोत्तर प्रगति, सफलता तथा श्री गहवामाईको असीम कृपा सधैं रहिरहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM