२०८३ श्रावण १० गते आईतवार

रोट्रयाक्ट क्लब अफ शंकराचार्यको तेस्रो पदस्थापना सम्पन्न, अक्षत चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

अभिलाष गुप्ता
वीरगञ्ज, साउन २

रोट्रयाक्ट क्लब अफ शंकराचार्यको तेस्रो पदस्थापना तथा नयाँ कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम क्लबका सल्लाहकार रोटेरियन राकेश मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा रोटा वर्ष २०२६–२०२७ का लागि अक्षत चौधरीको अध्यक्ष पदमा पदस्थापन गरिएका छन्। त्यसैगरी पियुष दारुका उपाध्यक्ष, वैद्यनाथ जाटिया सचिव, अमित कुमार सर्राफ,पियुष अग्रवाल चार्टर अध्यक्ष, अभिषेक सर्राफ अन्तर्राष्ट्रिय सेवा संयोजक तथा सम्पादक, र प्रतिभा चौरसिया कोषाध्यक्षको जिम्मेवारी सम्हालेका छन्।

नवनियुक्त पदाधिकारीअन्तर्गत सूरज सर्राफ संयुक्त सचिव, प्रिया मित्तल संयुक्त कोषाध्यक्ष, अंकित अग्रवाल क्लब एडमिन चेयर, कुमार अभिमन्यु सार्जेन्ट–एट–आर्म्स, श्रुति चौधरी पब्लिक इमेज चेयर, निरञ्जन सर्राफ सदस्यता संयोजक, आदित्य जालान व्यावसायिक सेवा संयोजक, पियुष अग्रवाल सेवा परियोजना संयोजक, प्रिजेश शर्मा रोटरी फाउन्डेसन संयोजक तथा सुमित गुप्ता इन्टर्याक्ट को-अर्डिनेटरको जिम्मेवारी पाएका छन्।

त्यसैगरी क्लब एडभाइजर समूहमा आदित्य सर्राफ रोटार्याक्ट प्रमोसन अफिसर, केशव अग्रवाल यंग लिडर्स कन्ट्याक्ट, सोहन पोद्दार क्लब एडभाइजर तथा रोटेरियन राकेश मिश्र क्लब एडभाइजरको रूपमा रहनेछन्।

कार्यक्रममा प्रमुख अतिथि रोटेरियन राकेश मिश्रले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै युवाहरूको नेतृत्व, सामाजिक सेवा, व्यक्तित्व विकास तथा समुदायप्रति उत्तरदायी कार्यमा रोट्रयाक्ट क्लबले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

नवनिर्वाचित अध्यक्ष अक्षत चौधरीले क्लबलाई सामाजिक सेवा, नेतृत्व विकास, युवा सहभागिता तथा सामुदायिक हितका कार्यक्रममार्फत अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रोट्रयाक्ट तथा रोटरी परिवारका सदस्य, विभिन्न सामाजिक व्यक्तित्व तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM