२०८३ श्रावण १० गते आईतवार

गुरु पूर्णिमाको अवसरमा वीरगञ्जमा विशेष ‘ह्याप्पिनेस प्रोग्राम’ आयोजना हुने

अभिलाष गुप्ता
वीरगञ्ज, साउन ३

गुरु पूर्णिमाको पावन अवसरमा द आर्ट अफ लिभिङको आयोजनामा वीरगञ्जमा चारदिने ‘गुरु पूर्णिमा स्पेशल ह्याप्पिनेस प्रोग्राम’ आयोजना हुने भएको छ। कार्यक्रम साउन ६ देखि ९ गते (जुलाई २२–२५) सम्म त्रिवेणी गोपाल कम्प्लेक्स, वीरगञ्जमा हरेक बिहान ५:३० बजेदेखि ८:३० बजेसम्म सञ्चालन हुनेछ।

आर्ट अफ लिभिङका प्रशिक्षक चन्देश्वर प्रसादको संयोजनमा सञ्चालन हुने कार्यक्रममा विश्वप्रसिद्ध सुदर्शन क्रिया, श्वासप्रश्वास तथा ध्यानका वैज्ञानिक विधिबारे प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार सुदर्शन क्रियाले तनाव, चिन्ता तथा मानसिक दबाब कम गर्न, फोक्सोको कार्यक्षमता अभिवृद्धि गर्न, शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न, एकाग्रता, स्मरणशक्ति र आत्मविश्वास बढाउन तथा सकारात्मक जीवनशैली विकास गर्न सहयोग पुर्‍याउँछ।

प्रशिक्षक चन्देश्वर प्रसादले आजको व्यस्त जीवनशैलीमा मानसिक शान्ति र आन्तरिक ऊर्जाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै कार्यक्रम सबै उमेर समूहका लागि उपयोगी हुने बताए। उनले वीरगञ्ज, रक्सौल तथा आसपासका क्षेत्रका सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई स्वस्थ, प्रसन्न र तनावमुक्त जीवनतर्फ अघि बढ्न आग्रह गरेका छन्।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि ९८५५०२७०९० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

‘गुरु कृपा ही केवलम्’ भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको यस कार्यक्रममा ठूलो सङ्ख्यामा सहभागी हुने अपेक्षा गरिएको छ। भारत विकास परिषद् रक्सौल शाखाका अध्यक्ष रजनीश प्रियदर्शी तथा सेवा संयोजक एवं मिडिया प्रभारी बिमल कुमार सर्राफले पनि कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM