अभिलाष गुप्ता
वीरगञ्ज, ४ साउन

वीरगञ्ज महानगरपालिका–३२ टेढा (सेमरा) स्थित श्रीमति मनमिश्र आधारभूत विद्यालयका बालविकास तहमा अध्ययनरत ९८ जना बालबालिकाको सहज अध्ययन वातावरणका लागि उपकार सेवा नेपालको पूर्ण आर्थिक सहयोगमा चार थान सिलिङ फ्यान हस्तान्तरण गरिएको छ।
विद्यालयका दुई वटा कक्षाकोठामा जडान गर्ने उद्देश्यले उपलब्ध गराइएका सिलिङ फ्यान एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले बालबालिकाले सहज, सुरक्षित र अनुकूल वातावरणमा अध्ययन गर्न पाउने उद्देश्यले गरिएको यस सहयोगले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।
























