२०८३ श्रावण १० गते आईतवार

असहाय परिवारलाई श्राद्धकार्यका लागि समाजसेवी वृजेश्वर प्रसाद चौधरीद्वारा खाद्यान्न सहयोग

अभिलाष गुप्ता
वीरगञ्ज, ८ साउन

पर्साको जगरनाथपुर गाउँपालिका–३ निवासी एक अति विपन्न तथा असहाय परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले समाजसेवी वृजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका छन्।

चौधरीले आफ्नो व्यक्तिगत पहलमा दुई बोरा चामल, एक बोरा चिउरा, तीन प्याकेट ग्लास तथा पाँच प्याकेट प्लेट उपलब्ध गराउँदै शोकमा परेका परिवारप्रति मानवीय साथ दिएका हुन्। आर्थिक अभावका कारण श्राद्धकार्य सम्पन्न गर्न कठिनाइ भइरहेको अवस्थामा प्राप्त सहयोगले परिवारलाई ठूलो राहत पुगेको स्थानीयवासीले बताएका छन्।

यस अवसरमा चौधरीले दुःखमा परेका परिवारलाई सहयोग गर्नु नै मानवताको सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

समाजसेवी चौधरी विगतदेखि नै गरिब, विपन्न, असहाय तथा दुःखमा परेका सयौं व्यक्ति तथा परिवारलाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री, स्वास्थ्य उपचारलगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेका छन्। उहाँको मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वको भावनाको स्थानीय समुदायले उच्च प्रशंसा गर्दै आएको छ।

यसैबीच, सहयोग कार्यक्रमका क्रममा उपस्थित सबैले स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माले चिरशान्ति प्राप्त गरून् र भगवानको चरणमा स्थान मिलोस् भन्ने कामना गरेका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM