२०८३ श्रावण १० गते आईतवार

नेकपा मधेश प्रदेश सदस्यमा मनोनित अनिल पटेललाई वीरगंजमा सम्मान

नेकपा मधेश प्रदेश कमिटीको सदस्यमा मनोनित भएका युवा नेता अनिल पटेललाई वीरगंजमा सम्मान गरिएको छ। क्रियाशील युवा पत्रकार मञ्च,पर्साका अध्यक्ष आनन्द पटेल र महासचिव राकेश साहले शुक्रबार पटेललाई खादा ओढाएर सम्मान गरेका हुन ।

पटेलले गत साउन ६ गते जनकपुरधाममा आयोजित कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेका थिए।

पटेल लामो समयदेखि युवा संघ नेपालका तथा पार्टी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनले यसअघि युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य, पर्सा इन्चार्ज, केन्द्रीय उपमहासचिव तथा मधेश प्रदेश इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

करिब दुई दशकदेखि पार्टी संगठन र युवा आन्दोलनमा सक्रिय रहेका पटेल नेकपा (एकीकृत समाजवादी) रहँदा महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए। उनले पार्टीको केन्द्रीय सदस्य पदमा समेत उम्मेदवारी दिएका थिए।

राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका पटेल वीरगंजमा रगतको अभाव भएका बेला आकस्मिक रक्तदान गर्दै आएका छन्। उनले हालसम्म चार वटा रक्तदान कार्यक्रम आयोजना गरिसकेका छन्।

वीरगंज महानगरपालिका–१४, सानो पिपरा निवासी पटेल स्थानीय स्तरका सामाजिक तथा विकास निर्माणका गतिविधिमा समेत अग्रसर रहँदै आएका छन्। युवामाझ लोकप्रिय नेताका रूपमा परिचित पटेलको प्रदेश कमिटी सदस्यमा मनोनयनले पर्साका युवा कार्यकर्तामा उत्साह थपिएको बताइएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM