२०८२ फाल्गुन १९ गते मंगलवार

नेकपा एमाले पर्साले वीरगन्ज बजारमा बृहत् मोटरसाइकल र्‍याली निकाले

 

अभिलाष गुप्ता
चैत २० वीरगन्ज

आज वीरगन्जमा नेकपा (एमाले) ले गणतन्त्रको समर्थनमा मोटरसाइकल जुलुस निकालेको छ। जुलुसमा पार्टीका नेता, कार्यकर्ता, र समर्थकहरूको ठूलो उपस्थिति रहेको थियो। उनीहरूले गणतन्त्रको पक्षमा नारा लगाउँदै वीरगन्जका मुख्य सडकहरू परिक्रमा गरे।संघीय लोकतान्त्रिक गणतन्त्र, यसबाट प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि एमालेले मोटरसाइकल र्‍याली प्रदर्शन गरेको जनाएको छ ।

वीरगन्जको पावरहाउस चौकबाट सुरु भएको र्‍यालीले वीरगन्ज बजार परिक्रमा गरेको थियो । र्‍याली पावरहाउसबाट , मुडली चौक , घण्टाघर , माइस्थान , आदर्शनगर , घडीआर्वा हुँदै घण्टाघरमा आएर सभामा परिणत भएको थियो ।र्‍यालीमा सहभागीहरूले ‘गणतन्त्र जिन्दावाद’, ‘प्रतिगमन मुर्दावाद’, ‘हत्या हिंसा लुटपाट अन्त्य गर’, ‘जन्मसिद्ध श्रेष्ठता स्वीकार्य छैन’लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

जिल्लाका चौधवटै पालिकाबाट भेला भएका एक हजारभन्दा बढी मोटरसाइकलसहित र्‍यालीले बजार परिक्रमा गरेको एमाले नेता मोहमद निजामले जानकारी दिए ।एमालेका स्थानीय नेताहरूका अनुसार, यो जुलुस गणतन्त्रको सुदृढीकरण तथा आम नागरिकलाई सचेत गराउने उद्देश्यले आयोजना गरिएको हो। सहभागीहरूले राष्ट्रिय झण्डा तथा पार्टीका झण्डा बोकेर प्रदर्शन गरेका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM