२०८३ श्रावण १२ गते मंगलवार

गुरु पूर्णिमा महोत्सव बुधबार हुँदै, माइस्थान मन्दिर पार्कमा सहभागी हुन नगरवासीलाई निमन्त्रणा

अभिलाष गुप्ता
वीरगञ्ज, साउन १२

बृहस्पति फाउन्डेसन नेपालको आयोजनामा गुरु पूर्णिमाको पावन अवसर पारेर यही २०८३ साल श्रावण १३ गते (बुधबार) वीरगञ्जस्थित माइस्थान मन्दिर पार्कमा भव्य “गुरु पूर्णिमा महोत्सव” आयोजना हुने भएको छ।

गुरुप्रतिको श्रद्धा, सम्मान तथा आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन बृहस्पति फाउन्डेसन नेपालले सम्पूर्ण आदरणीय नगरवासीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेका अनुसार कार्यक्रम बेलुका ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा विभिन्न चर्चित गायक तथा कलाकारहरूको प्रस्तुतिमा भजन–कीर्तन तथा भक्तिमय सांगीतिक प्रस्तुति रहनेछ।

उनले गुरु पूर्णिमाजस्तो पवित्र पर्वले गुरु–शिष्य परम्पराको महत्वलाई स्मरण गराउने भएकाले सबै श्रद्धालु भक्तजनलाई परिवारसहित कार्यक्रममा सहभागी भई आध्यात्मिक आनन्द लिन आग्रह गरेका छन्।

कार्यक्रमको समापनपछि उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई प्रसाद वितरण गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार गुरु पूर्णिमा महोत्सवलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक उत्सवका रूपमा भव्य रूपमा सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM