वीरगञ्ज तेक्वान्दो डोजाङको आयोजनामा खेलाडीहरूको बेल्ट प्रमोसन तथा वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ, वरिष्ठ सल्लाहकार निशान कुमार लामिछाने, वीरगञ्ज तेक्वान्दो डोजाङका प्रमुख महमद शकील, अन्तर्राष्ट्रिय खेलाडी महमद वेश तथा अतिथिका रूपमा डा. प्रीती यादवको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा सिनियर खेलाडीहरू मुनिलाल यादव, सन्तोष कुमार रौनियार, सुजित यादव तथा अभिजित ठाकुर लगायतको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकार, अभिभावक, खेलाडी तथा खेलप्रेमी शुभेच्छुकहरूको बाक्लो सहभागिता रहेको थियो। बेल्ट प्रमोसनमा सफल खेलाडीहरूलाई नयाँ तहको बेल्ट प्रदान गर्दै उनीहरूको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणको प्रशंसा गरिएको थियो।
कार्यक्रमका क्रममा बेल्ट प्रमोसनमा सफल सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आगामी खेलजीवनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो। साथै खेलाडीहरूलाई निरन्तर अभ्यास, अनुशासन र मेहनतका साथ अघि बढ्न प्रेरित गरिएको आयोजकले जनाएको छ।
























