२०८३ आश्विन १० गते शनिबार

बहुअरीको नौतन टोलमा दुर्गा पूजा तयारी तीव्र, मटकोर कार्यक्रममा गाउँवासीको भव्य सहभागिता

 

परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित नौतन टोलमा यस वर्ष आयोजना हुने तेस्रो वर्षको दुर्गा पूजा अन्तर्गत मूर्ति निर्माणका लागि शनिबार मटकोर (माटो उठाउने) कार्यक्रम सम्पन्न भएको छ।
धार्मिक आस्था, आपसी सद्भाव तथा सामाजिक एकताको प्रतीकका रूपमा आयोजना गरिएको मटकोर कार्यक्रममा गाउँका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीयवासी उत्साहपूर्वक सहभागी भएपछि नौतन टोल नै भक्तिमय बनेको थियो।

मटकोर कार्यक्रम समाजसेवी सञ्जु साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको तयारी तथा व्यवस्थापनमा सचिन गुप्ताले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

दुर्गा पूजा समितिले यस वर्ष विगतका वर्षभन्दा फरक र थप भव्य ढंगले पूजा तथा धार्मिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ। पूजा अवधिभर श्रद्धालु तथा भक्तजनलाई सहज रूपमा सहभागी गराउने गरी आवश्यक तयारीलाई तीव्रता दिइएको छ।
मटकोर कार्यक्रममा सहभागी स्थानीयवासीले दुर्गा पूजाले गाउँमा धार्मिक आस्था मात्र नभई आपसी भाइचारा, सद्भाव र सामाजिक एकतालाई समेत थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
स्थानीयवासीले माता दुर्गाको आराधनाले सम्पूर्ण गाउँमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम होस् भन्ने कामना गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM