२०८३ आश्विन १६ गते शुक्रबार

जगरनाथपुरमा निःशुल्क आँखा शिविर, १८७ जना लाभान्वित

 

पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सम्पन्न निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन्।

दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा आयोजित शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा ६३ जनामा मोतियाबिन्दुको लक्षण देखिएको आयोजकले जनाएको छ। त्यस्तै, ३४ जनालाई आवश्यकताअनुसार औषधि तथा आँखा ड्रप उपलब्ध गराई घर पठाइएको थियो।

शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीहरूको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो। बिरामीहरूको सहजताका लागि बहुअरीदेखि वीरगञ्जसम्म निःशुल्क बसको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो।

शिविरमा डा. महेश सिंह घामी, शिविर संयोजक राजेश चौधरीलगायत युनिट सदस्यहरूको उपस्थिति थियो। साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश शिक्षा विभाग प्रमुख सोनालाल पटेल, मधेश प्रदेश संगठन विभागका उपप्रमुख प्रमोद सहनी, युवा नेता शैलेस साह, सुनिल चौरसिया, दिनेश साह, उदय पटेल, रुपेश यादव, राकेश यादव, कमलेश चौधरी, सूरज राम, हीरालाल राम, अनिता देवी, नगिना साहलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM