ममता विद्या मन्दिर कलेजमा लगानी सचेतना कार्यक्रम सम्पन्न
ममता विद्या मन्दिर (MVM) कलेजमा विद्यार्थीहरूमा लगानी, वित्तीय साक्षरता तथा पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित लगानी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा ABC Securities का RWS Head श्री दिपाल खन्ना प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई लगानीका अवसर, पूँजी बजार, जोखिम व्यवस्थापन, लगानी गर्दा अपनाउनुपर्ने सावधानी तथा वित्तीय निर्णयसम्बन्धी महत्वपूर्ण जानकारी र व्यावहारिक ज्ञान प्रदान गर्नुभयो।
कार्यक्रममा MVM कलेजका BBA तथा +2 Management का विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
अन्तरक्रियात्मक प्रस्तुतिमार्फत विद्यार्थीहरूले लगानीका आधारभूत पक्ष, बजारको अवस्था बुझ्ने तरिका तथा जिम्मेवार वित्तीय निर्णय लिन आवश्यक ज्ञान हासिल गरे।
कलेजको कक्षाकोठाभित्रको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक तथा उद्योगसँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यमा वित्तीय रूपमा सचेत र जिम्मेवार बन्न थप प्रेरणा दिएको छ।
MVM College शिक्षासँगै व्यावहारिक ज्ञान र सीपको विकासतर्फ निरन्तर अग्रसर।
























