अभिलाष गुप्ता
बैशाख ०९ वीरगञ्ज
वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ना ६ ख ७६०९ नम्बरको ट्रकले मङ्गलवार दिउँसोको समयमा मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । प्रहरीका अनुसार मोटरसाइकल चालक परवानीपुर चोक निवासी प्रदीप गुप्ताको मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ । सोहि दुर्घटनाको समयमा उक्त ट्रकले मधेस प्रदेश ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ठक्कर दिएको थियो प्रहरीले जनाएको । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Post Views: 138









