२०८२ चैत्र १८ गते बुधबार

एमनेस्टी इन्टरनेशनलको ६४ औं दिवस वीरगंजमा मैनबत्ती बालेर मनाइयो

 

अभिलाष गुप्ता
वीरगंज,१४ जेष्ठ

 

एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंजले एमनेस्टी इन्टरनेशनलको ६४ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्दै घण्टाघर चोकमा मैनबत्ती बालेर दिवस मनाएको छ।

एमनेस्टी इन्टरनेशनल समूह–१६ वीरगंका अध्यक्ष प्रकाश बाहेतीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा समूहका पूर्व संयोजक राजेश बोथरा, सचिव रजनीश झा, पत्रकार अभिलाष गुप्ता,मन्नु यादव,बिनित जैसवाल तथा संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

मानव अधिकारप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको सो कार्यक्रमको विशेष आकर्षण मैनबत्ती बाल्ने क्रियाकलाप रह्यो। कार्यक्रममा मानव अधिकार परिवेक्षक रजनीश झा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम आज साँझ ७ बजे वीरगंजको ऐतिहासिक स्थल घण्टाघरमा सम्पन्न भएको थियो।

“मानव अधिकारको सम्मान, सुरक्षित भविष्यको आधार” भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा सहभागी सबैलाई आयोजक समूहले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM