२०८२ चैत्र १७ गते मंगलवार

काजारीया टायल्स एवं पेरीवेर सेन्टरीको भव्य उद्घाटन वीरगंजमा सम्पन्न

 

अभिलाष गुप्ता
वीरगंज, २५ जेष्ठ

वीरगंजको लिंक रोडस्थित न्यु नारायणी इन्टरप्राइजेजद्वारा संचालित “काजारीया टायल्स तथा पेरीवेर सेन्टरी” को भव्य उद्घाटन एक विशेष समारोहबीच सम्पन्न भएको छ। आइतबार आयोजित उद्घाटन कार्यक्रम शस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी राधेश्याम धिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र,नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी स्थानीय उद्योगपति, व्यापारी, राजनीतिकर्मी, पत्रकार, संघसंस्थाका प्रतिनिधिहरु तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि धिमालले वीरगंजजस्तो आर्थिक हबमा यस्तो स्तरीय शोरुमको स्थापना हुनु सकारात्मक संकेत भएको बताए। उनले स्थानीय रोजगारी सिर्जना, शहरी सौन्दर्य र पूर्वाधार विकासमा पनि यसले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

न्यु नारायणी इन्टरप्राइजेजका संचालक तथा युवा उद्यमी राज सर्राफका अनुसार, आफूहरूले विगत एक दशकदेखि वीरगंजमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताए। “हामीले सुरुमा सानो परिमाणमा सेवा सुरु गरेका थियौं, तर ग्राहकहरूको विश्वास र साथले आज यो आधुनिक शोरुम निर्माण गर्न सफल भएका छौं,” उनले भने।

राज सर्राफका अनुसार उक्त शोरुम आफ्नै भवनमा, करिब २००० वर्ग फिटमा फैलिएको छ। यहाँ काजारीया ब्राण्डका प्रिमियम टायल्स र पेरीवेर ब्राण्डका सेनिटरी सामग्रीहरू उपलब्ध छन्। ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै शोरुममा १०० भन्दा बढी डिजाइनका टायल्स उपलब्ध छन्।

“हामीसँग हरेक साइज र डिजाइनमा टायल्स उपलब्ध छन् — चाहे त्यो भान्सा, बाथरुम, लिभिङ रुम होस् या अफिस वा व्यवसायिक प्रयोजनका लागि,” सर्राफले बताए। उनले मध्यम वर्गदेखि उच्च वर्गसम्मलाई लक्षित गरी बजेट अनुसारका विकल्पहरू समेत समावेश गरिएको जानकारी दिए।

सो अवसरमा सर्राफले आफ्ना ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा झनै स्तरीय सेवा दिने प्रतिबद्धता जनाए। उनले आगामी दिनमा डिजिटल सेवा विस्तार, अफर तथा छुट योजना लगायतका नविन प्रयोगहरू गरिने जानकारी पनि गराए।

समारोहमा अतिथिहरूद्वारा रिबन काटी उद्घाटन गरिएको थियो भने, त्यसपछि उपस्थित पाहुनाहरूले शोरुमको अवलोकन गरेका थिए।

वीरगंज जस्तो तीव्र गतिमा विस्तार भइरहेको सहरमा यस्तो स्तरीय टायल्स र सेनिटरी शोरुमको स्थापना निर्माणसम्बन्धी सेवामा ठूलो राहत मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM