मोफसलमा स्थापना भई अनेकौँ बाधा–व्यवधानको सामना गर्दै शिक्षा क्षेत्रमा निरन्तर योगदान गरिरहेको मनकामना माद्यमिक विद्यालय, भगवती टोल, वडा नं. ४ मा शैक्षिक सत्र २०८२ का लागि सदन (हाउस) नेता सहित कक्षा मोनिटरहरूको शपथ ग्रहण कार्यक्रम साथै ब्याच वितरण (मेरिट ब्याज कार्यक्रम) सम्पन्न गरिएको छ ।
विद्यालयको २७ औँ वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता विद्यालयको निर्देशक पुरन प्रधानले गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईको उपस्थिती रह्यो ।
त्यस्तै कार्यक्रमको विशेष अतिथिको रुपमा प्याब्सन पर्साका संस्थापक हरि श्याम ठाकुर, प्याब्सन पर्साका संस्थापक लालबाबु पटेल, साथै शिवजी गुप्ता, मनि पार्किन, आलोक चौरसियाहरूको पनि उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा जगत राई, अजित भुजेल अनि नूर आलमको समेत विशेष साथ रह्यो ।
कार्यक्रमको संचालन मनकामना माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल सुनिल यादवले गर्नुभएको थियो । कार्यक्रमको दौरान नवनियुक्त नेता, मोनिटर सहित विद्यार्थीहरुलाई शपथ ग्रहण गराइएको थियो । साथै उत्कृष्ट विद्यार्थीहरुलाई मेरिट ब्याज प्रदान गरिएको थियो ।
गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीको सर्वांगीण विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको मनकामना माध्यमिक विद्यालयको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो ।









