२०८२ चैत्र १२ गते बिहीबार

नेशनल इन्फोटेक कलेजद्वारा दृष्टिविहिन विद्यार्थीलाई ल्यापटप तथा डेक्सटप सहयोग

 

बीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले दृष्टिविहिन छात्र–छात्राहरूको शैक्षिक पहुँचलाई प्रवर्द्धन गर्न विशेष पहलस्वरूप ल्यापटप तथा डेक्सटप सहयोग गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको सक्रिय पहलमा उक्त सहयोग त्रिजुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरूलाई प्रदान गरिएको हो। विद्यालयको प्राङ्गणमा आयोजित वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने उल्लेख गर्दै नेशनल इन्फोटेकको यो योगदानले अन्य संस्थाहरुलाई पनि यस्ता कार्यमा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। साथै, फरक क्षमता भएका बालबालिकाहरूको सर्वाङ्गिण विकासका लागि आफू सधैं तयार रहने बताउँदै कलेज परिवारप्रति आभार प्रकट गर्नुभयो।

कार्यक्रममा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंहले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिँदै यस्तो सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। उहाँले निकट भविष्यमा त्रिजुद्ध माविमा अध्ययनरत १४ जना दृष्टिविहिन विद्यार्थीलाई स्कूल ब्याग, कपी, कलम लगायतका शैक्षिक सामग्री एक वर्षका लागि निशुल्क उपलब्ध गराउने बताएका थिए।

उक्त कार्यक्रममा युवा नेता सुधीर पटेल, त्रिजुद्ध माविका प्रधानाध्यापक नविन मिश्र, नेपाल ईनोभेट सोसाइटीका अध्यक्ष एवं समाजसेवी कमल चौगाईं,शिक्षक एवं पत्रकार लगायतकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक मार्टिन मोक्तानले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM