२०८२ चैत्र ११ गते बुधबार

देवेश प्रसाद ‘मानवसेवा’ बिरगञ्ज पब्लिक कलेजको ब्रान्ड एम्बेसडरमा नियुक्त

 

 

समाजसेवा, शिक्षा र युवा प्रेरणाका क्षेत्रमा सक्रिय तथा लोकप्रिय व्यक्तित्व देवेश प्रसाद मानवसेवालाई बिरगञ्ज पब्लिक कलेजले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

कलेज परिवारले उनलाई यस गरिमामय भूमिकामा स्वागत गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। शिक्षाको प्रवर्द्धन, समाजसेवा र युवाहरूमाझ चेतना जगाउने कार्यमार्फत उनले निर्माण गरेको पहिचानले आजको पुस्तालाई प्रेरित गरिरहेको कलेज प्रशासनले जनाएको छ।

ब्रान्ड एम्बेसडरको हैसियतले देवेश मानवसेवाले कलेज र विद्यार्थी समुदायबीच ज्ञान, मूल्य र प्रेरणाको सेतुको रुपमा भूमिका निर्वाह गर्ने विश्वास कलेजले व्यक्त गरेको छ।

बिरगञ्ज लगायत मधेस प्रदेशभर युवाहरूमाझ अत्यन्त लोकप्रिय रहेका मानवसेवाको यो नयाँ जिम्मेवारीले कलेजको प्रतिष्ठा, पहुँच र प्रभावलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

कलेज परिवारले उनको नयाँ भूमिकामा उत्तरोत्तर सफलता, ऊर्जा र समाजमा अझ प्रभावकारी योगदानको शुभकामना पनि व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM