२०८२ चैत्र ११ गते बुधबार

साउथजोन माध्यमिक विद्यालयमा गुरु पूर्णिमा विशेष उत्सव, केक काट्दै सम्मान र संस्कृतिक कार्यक्रमहरू सम्पन्न

 

 

बिरगञ्जस्थित साउथजोन माध्यमिक विद्यालयले यस वर्षको गुरु पूर्णिमा भव्यताका साथ विभिन्न कार्यक्रम आयोजना गरी विशेष ढंगले मनाएको छ। कार्यक्रममा विद्यालयका सञ्चालक सरोज चौधरीको विशेष उपस्थिति रहेको थियो भने विद्यालय प्रशासन प्रमुख अशोक सङौलाको सक्रिय सहकार्यमा सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका हुन्।

कार्यक्रमको सुरुवातमा विद्यालयका शिक्षकहरूलाई विधिपूर्वक टीका, खादा र पुष्पमाला अर्पण गरी सम्मान गरिएको थियो। छात्रछात्राहरूले आफ्ना गुरुहरूप्रति श्रद्धा, आदर र कृतज्ञता प्रकट गर्दै विभिन्न नृत्य, गीत, कवितावाचन र अभिनय प्रस्तुत गरेका थिए।

गुरुहरूलाई सम्मान गर्दै विशेष केक काट्ने कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले सम्पूर्ण कार्यक्रममा उत्सवमय वातावरण सिर्जना गर्‍यो। शिक्षक र विद्यार्थीहरूबीचको आत्मीयता झल्किने यो अवसरमा सबैले आपसी बन्धनलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका सञ्चालक सरोज चौधरीले कार्यक्रममा बोल्दै भने, “गुरु ज्ञानका प्रतिनिधि मात्र होइनन्, उनीहरू नै समाजको मेरुदण्ड हुन्। यस्तो अवसरले गुरु–शिष्य सम्बन्ध झनै सुदृढ हुन्छ।”

कार्यक्रममा सहभागी विद्यार्थीहरूले गुरुहरूको योगदान सम्झँदै आफूहरूलाई प्रेरित र अनुशासित बनाउने प्रतिबद्धता व्यक्त गरे।

साउथजोन माध्यमिक विद्यालयद्वारा आयोजना गरिएको गुरु पूर्णिमा कार्यक्रमले शिक्षा क्षेत्रमा सम्मान र संस्कारको गहिरो सन्देश दिएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा संस्कार, अनुशासन र गुरुप्रतिका सम्मानभावलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM