२०८२ चैत्र १० गते मंगलवार

नेपाली कांग्रेसद्वारा विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

 

नेपाली कांग्रेसले महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पर्सा जिल्लाको पिपरा स्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वृक्षारोपणको महत्वबारे जोड दिंदै भने, “वृक्ष हाम्रा जीवनका आधार हुन्। हामी सबैले आफ्नो घर, विद्यालय, गाउँ र शहर वरिपरि वृक्षारोपण गरेर वातावरण संरक्षणमा योगदान दिनुपर्छ।”

विशिष्ट अतिथि नेपाली कांग्रेस पर्साका उप–सभापति रामनारायण कुर्मी थिए। कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखियो। सहभागीहरूले वातावरणीय सन्तुलन, हरियाली प्रवर्द्धन र वातावरण संरक्षणमा वृक्षारोपणको महत्वबारे छलफल गरे।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति, क्षेत्र नं. १, पर्साद्वारा आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य स्वर्गीय कोइरालाको योगदानप्रति सम्मान प्रकट गर्नुका साथै वातावरण संरक्षणको सन्देश फैलाउनु रहेको आयोजकहरूले जनाएका छन्।

बिरगंज महानगरपालिकाका उप–प्रमुख इमतियाज आलमले समेत उक्त कार्यक्रमको समर्थन गर्दै वृक्षारोपणको पहललाई स्वागत गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM