२०८३ जेष्ठ १६ गते शनिबार

नेपाल नेत्रज्योति संघद्वारा आँखा शिविर

अभिलाष गुप्ता वीरगंज, २३ चैत । ४७औ नेत्र ज्योति दिवसको अवसरमा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ नाराका साथ जिल्ला प्रहरी कार्यालय, पर्सामा बुधवार निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरिएको छ । संघ पर्साका सभापति भगवती चौधरीको सभापतिŒवमा भएको कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, बिशिष्ट अतिथि प्रहरी उपरीक्षक गौतम मिश्रले आफ्नो आँखा परीक्षण गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा सभापति चौधरीले प्रहरी दिन रात जनताको सेवामा लागेको, ट्राफिक, बिपद उद्धार, सुरक्षा लगायत सबै क्रियाकलापमा प्रहरी अग्रपंक्तिमा रहेर सेवा गर्दै आएको बताए । कार्यक्रममा हिरासतमा रहेका ३२ जना कैदीहरू र विभिन्न शाखाका प्रहरी १६८ जनाको आँखा परिक्षण गरिएको थियो । कार्यक्रममा मधेस प्रदेसका उपाध्यक्ष उमेस गुप्ता, निवर्तमान सभापति मधु राणा, सचीव सिताराम उपाध्याय, गणेश प्रसाद साह, वसन्त गुप्ता, समिता उत्तम कर्ण, सुनिता नेपाल, दिना गुप्ता, केडिया आँखा अस्पतालका डाइरेक्टर नितिन तुल्स्यान, प्रशासन प्रमुख प्रकाश वर्मा लगायत, मानवसेवाका देवेस गुप्ता, ओम झा, बिक्की सरार्पm, सुरज सरार्पm, अनिल हजरा लगायतको उपस्थिति रहेको थियो भने अन्जली चौधरी र सचिन कुमार गुप्ताले प्राबिधिक सहयोग गर्नुका साथै आँखा सम्बन्धी परामर्श गर्नुका साथै रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पतालद्वारा चस्मा, आखा सम्बन्धी औषधि समेत बितरण गरिएको कुरा नेत्रज्योति पर्साका जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी गराएका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM