२०८२ फाल्गुन ५ गते मंगलवार

हिन्दुहरुको महापर्व चैती छठ नहाय खाय आज देखि विधि पुर्बक सुरु

 

अभिलाष गुप्ता
चैत १९ बिरगंज

चैत शुक्ल चतुर्थी देखि सप्तमीसम्म चार दिन मनाइने यो
मधेसको सब भन्दा ठुलो पर्व हो। यो पर्व एकदम श्रद्धा र निष्ठासाथ मनाइने चैती छठ पर्ब हो। यो आजदेखि सुरु भएको छ । यस पर्बको पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधिबाट प्रारम्भ गर्छन् ।

सूर्य उपासनाको यो पर्ब शरद र वसन्त ऋतुमा दुईपटक मनाइन्छ। पहिलो दिन पवित्र स्नानपछि शुद्ध आहार ग्रहण गरिन्छ। दोस्रो दिन ‘खरना’ विधिमा दिनभर उपवास बसेर राति खिर खाइन्छ। तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिइन्छ, जसलाई ‘सँझिया घाटको अरघ’ भनिन्छ।

अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई ‘पारन’ गरी पर्ब सम्पन्न गरिन्छ । छठमा ठेकुवा, केरा, उखु, सुन्तला, निम्बु, मुला जस्ता फलफूल र तरकारी अघ्र्यका बेला चढाइन्छ ।
सूर्य र षष्ठी माताको उपासनाले मनोकांक्षा पूरा हुने र छालाजन्य रोग नलाग्ने जनविश्वास छ

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM