२०८२ फाल्गुन ३० गते शनिबार

गायक तथा संगीतकार रामबाबु राउत जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कारद्वारा सम्मानित

 

अभिलाष गुप्ता
चैत १९ बिरगंज

गायक तथा संगीतकार राम बाबु राउत जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कार द्वारा सम्मानित भएका छन।थाइल्यान्डको बैंककमा आयोजित जिनियस अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान पुरस्कार (Genius International Excellence Honor Award-2025) समारोहमा रौतहटको वृन्दावन नगरपालिका-३ नेपाल निवासी गायक तथा संगीतकार राम बाबु राउत (पटेल) सम्मानित भएका छन्।

मार्च २५, २०२५ मा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू सहभागी थिए। नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका राउतलाई यो सम्मान प्रदान गरिनु नेपालका लागि गर्वको विषय हो।संगीत साधनामा लामो समयदेखि सक्रिय रहेका राम बाबु राउतले थुप्रै गीतहरूमा आफ्नो स्वर तथा संगीत प्रदान गरिसकेका छन्। उनी लोकगीतदेखि आधुनिक संगीतसम्ममा विशेष पहिचान बनाउँदै आएका छन्। यस सम्मानले उनको सांगीतिक यात्रालाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

पुरस्कार ग्रहण गरेपछि उनले सबै नेपाली संगीतप्रेमी, शुभचिन्तक, र आफ्नो सफलतामा योगदान दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।नेपालको सांगीतिक प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन उनले महत्वपूर्ण भूमिका खेल्दै आइरहेका छन्। भविष्यमै पनि उनले अझ उत्कृष्ट सिर्जनाहरू पस्कने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM