अभिलाष गुप्ता
चैत २६ वीरगञ्ज
नारायणी रङ्गशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेशनल प्याब्सन वीरगञ्ज महानगरको आयोजनामा टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आज दोस्रो दिनको खेलमा काव्या एकेडेमीको गर्ल्स टिमले वीरगञ्ज गोल्डेन गेट विरुद्धको खेल जित्न सफल भएको छ।
हिजो मात्रै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र जीएचपी स्कुलकी प्रधानाध्यापक रोमी कौरले क्रिकेट खेलेर उक्त प्रतियोगिताको उद्घाटन
गरेका थिए।
आज दोस्रो दिनको खेल काव्या एकेडेमीको गर्ल्स टिम र वीरगञ्ज गोल्डेन गेट विरुद्ध भएको थियोे।उक्त खेलमा वीरगञ्ज गोल्डेन गेटले पहिलो ब्याटिङ रोजि खेलेर ७६ रन बनाउन सफल भएको थियो र ७७ रनको टार्गेट दिएको थियो भने काव्या एकेडेमीले ९ ओभर ३ बलमा जित हासिल गरेको थियोे। उक्त खेलमा ३१ बलमा ३१ रन बनाउँदै काव्या एकेडेमीकी रागिनी चौरसिया म्यान अफ द म्याच घोषित भएकि थिईन। सोको जानकारी काव्या एकेडेमीका संस्थापक एवम् संचालक शिक्षक हरिन्द्र कुशवाहाले गराएका थिए।
टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगितामा २९ वटा बिधालयहरुको सहभागी रहेको छ भने उक्त क्रिकेट प्रतियोगिता बैशाख ४ गते फाईनल खेलको समापन हुने जानकारी गराएका थिए।



















