२०८२ माघ ११ गते आईतवार

शुक्रबार घण्टाघरमा कपडा वितरण गर्ने वीरगन्ज कपडा बैंकको निर्णय

 

अभिलाष गुप्ता
चैत २८ वीरगन्ज

वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा भोलि शुक्रबार दिनको ५ बजे निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले चैत २९ गते शुक्रवारको दिन ५ बजे घण्टाघरमा निशुल्क कपडा वितरण कार्यक्रमको आयोजना गरिने बिहीवार बसेको बैठकले निर्णय गरेको सचिव कन्हैया पटेलले बताउनु भयो ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा बसेको बैठकमा संस्थाका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी ,वरिष्ठ सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय ,सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताराजेश बरणवाल,सदस्यहरु अभिलाष गुप्ता,श्रवन बहादुर रायमाझी लगाएतकाको सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष सिंह एवं सल्लाहकारद्वय प्रकाश उपाध्यायले हाम्रो काम दाताजन बाट पाएको कपडा लगायत सामाग्रीहरु आवश्यकतामा रहेका , आपतविपत्तिमा रहेका दिन दुखी असहायहरु सम्म पुर्याइदिने भएकोले हाम्रो श्रोतको माध्यम दाताहरु लाई उच्च सम्मान प्रकट गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM