२०८२ पुष १ गते मंगलवार

वीरगन्ज कपडा बैंक द्वारा नया बर्षको अवसरमा घण्टाघरमा नि:शुल्क कपडा वितरण

 

अभिलाष गुप्ता
चैत्र २९ वीरगन्ज

नया बर्ष २०८२ को अवसरमा वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण को साथै शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ६५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।

वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता – अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवीहरु ई बिरेन्द्र साह,सतिश सिंह राजपुत , हुकुम सिंह राजपुत, युवा अभियन्ताहरु केदार गुप्ता , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी लगायत को सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि ” जो संग धेरै कपडा छ हामिलाइ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले हामी संग निशुल्क लिएर जानुस ” को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । शुभकामना ब्यक्त गरेका थिए ।सदस्यजन प्रती आभार ब्यक्त गर्दै नयाबर्ष २०८२ को बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM