अभिलाष गुप्ता
बैशाख ०६ वीरगञ्ज
वीरगञ्ज महानगरपालिकाले यहाँको मुख्य नाला सफाइलाई तिब्रता दिएको छ । वर्षाको समय नजिकिएको र बजार डुबान हुनबाट बचाउन मुख्य नाला सफाई अनिवार्य रहेकाले हुलाक कार्यालयदेखि भन्सार क्षेत्रसम्मको मुख्य नाला सफाई धमाधम भइरहेको हो ।
छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको कम सकेर अहिले दक्षिणतर्फ भन्सारसम्म सफाईको काम चलिरहेको छ । महानगर प्रमुख राजेशमान सिंहले वर्षाको समयमा डुबानको समस्या हुन नदिन अहिलेबाटै तयारी स्वरुप मुख्य नाला सफाई गरिएको बताए ।
मुख्य नाला सफाई सँगसँगै सहायक नाला सफाई समेत भइरहेको पनि उनले भने ।महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाईको काम तिब्र पारिएको पनि उनले बताए ।
Post Views: 141









