२०८३ जेष्ठ २८ गते बिहीबार

भिम आर्मिका केन्द्रिय संयोजक सुनिल रामकाे नेतृत्वमा भूमि आयोगका अध्यक्ष तबरेज अहमद संग बैठक सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज ९ बैशाख

भिम आर्मिका केन्द्रिय संयोजक सुनिल रामकाे नेतृत्वमा भूमि आयोगका अध्यक्ष तबरेज अहमदसंग भूमिहिनदलित,भूमिहिन सुकुम्बासीहरुको बारेमा विशेष बैठक सम्पन्न भएको छ। बैठकमा भूमि समस्या समाधान आयोग पर्साका जिल्ला अध्यक्ष तबरेज अहमदले जग्गा वितरण सम्बन्धी विद्यमान कानुनी प्रक्रिया र आयोगको कार्ययोजनाका विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

बैठकमा भूमिहिन तथा सुकुम्बासी समुदायका समस्याहरूलाई समाधान गर्न आवश्यक पहल बारे छलफल गरिएको थियो। जग्गा वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष र तिव्र बनाउन समिति सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सहभागीहरूले सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै दीर्घकालीन समाधानका उपायहरूको बारेमा बताएका थिए।बैठकले आगामी दिनमा थप प्रभावकारी बनाउँदै भूमिहिन दलित तथा सुकुम्बासी समुदायका अधिकार सुनिश्चित गर्न निरन्तर प्रयास गर्ने निष्कर्ष निकालेको छ।

उक्त बैठकमा पर्सा जिल्लाका दलित महिला सँघ पर्साका अध्यक्ष महिला नेत्री निला राम,चमार कल्याण समाजका पर्सा अध्यक्ष जादाेलाल रामज्यू, दलित अगुवा पटेर्वा सुगाैली गा.पा. का लालबावु राम, युवा दलित अभियन्ता संन्ताेष राम, दिपलाल राम,राजेश्वर राम लगायतका अभियन्ताहरुको उपस्थिति रहेको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM