२०८३ जेष्ठ २८ गते बिहीबार

३ किलो ८६० ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ

 

अभिलाष गुप्ता
बैशाख १६ बिरगंज

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा जिल्ला मकवानपुर हेटोेेेैडा उपमहानगरपालिका वडा नं. ११ थानाभर्‍याङ स्थित ठाकुर सिं मोक्तानको घरमा खानतलासी गर्दा निजले आफ्नो कोठा भित्र सुत्ने खाटमा लुकाई छिपाई राखिएको अवस्थामा ३ किलो ८६० ग्राम लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ फेला परेको थियोे।

उक्त लागुऔषध बरामद गरी निज ठाकुर सिं मोक्तानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट
लागुऔषध कसुर मुद्धामा ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM