२०८२ माघ ११ गते आईतवार

वडा अध्यक्ष चौरसियाले गरे आदर्श थारु छात्राबासको चार कोठे भवनको शिलान्यास

 

अभिलाष गुप्ता
बैशाख १६ बिरगंज

वीरगंज महानगरपालिका वडा नम्बर ५ कुम्हालटोलमा चार कोठे छात्रावासको शिलान्यास गरिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष प्रदीप कुमार चौरसियाले आदर्श थारु छात्राबासको चार कोठे भवनको मंगलवार शिलान्यास गरेका हुन् ।

वडाअध्यक्ष चौरसियाकै पहलमा मधेश प्रदेश सरकारको ४५ लाखको लागतमा भवन निर्माण कार्यको थालनी गरिएको हो ।

भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष चौरसियाले भवन निर्माण भएसँगै छात्राबासमा बस्नेहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले आगामी वर्षमा पनि थप बजेटको पहल गरी अझै व्यवस्थित बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।उक्त शिलान्यास कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष सुवोध कुमार वर्णवालको उपस्थितीमा सम्पन्न भएको थियो ।

सो अवसरमा वडा नम्बर ५ का वडा सदस्यहरु रुस्तम अली, मनोज साह, सञ्जु दहाल, मञ्जु परियार, समाजसेवी मोती जी, नविन न्यौपाने, आदर्श थारु छात्राबासका कोषाध्यक्ष हृदयनारायण चौधरी, सदस्य जयनारायण चौधरी एवं कुम्हालटोलका अभिभावक तथा स्थानीय टोलका आमनागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM