२०८३ असार ११ गते बिहीबार

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्सा द्वारा दमका रोगीहरुका लागि निःशुल्क फलफूल वितरण एवं निशुल्क चेकअफ सम्पन्न

अभिलाष गुप्ता
बैशाख २३ बिरगंज

विश्वमा बढदै गाएको दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साले आज एक कार्यकम सम्पन गरेको छ। मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपाएको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साका प्रेस सलाहकार आसिक अन्सारीले बताउनु भयो।

कार्यक्रममा आस्थामा रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर व्यनर प्रदर्शनी गरेका थिए। सो अवसरमा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज का डा सुधाकर झा द्वारा निःशुल्क आस्थामा रोगका बिरामीहरूलाई चेकजाँच गरेका थिए साथै उक्त अवसरमा रगत चेकजाँचमा आज पन्द्र प्रतिशत छुटको पनि व्यवस्था मिलाएको डा.झाले बताउनु भयो । त्यस्तै श्वास प्रश्वास प्रक्रियालाई नापनकोलगी इन्हेलार अर्थात सुँघ्ने औषधिको निःशुल्क वितरण गर्नेगरेको थियो ।

त्यस्तै दमका रोगीहरुका लागि निःशुल्क फलफूल वितरण गरेका थिए । आफ्नो ब्यक्तिगत श्वास प्रश्वास प्रक्रियालाई नपनको लागि एउटा गेमिङको आयोजना गरिएको थियो भने रोगको उपचार भन्दा रोग हुनु नदिनु त्यसतर्फ लगन यो कार्यक्रमको मुख्य उद्देश्य रहेको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्सा प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताउनु भयो।कार्यकममा सखुवा प्रसौनी गाउँपालिका वार्ड नं पाँच देरबनाकी एक सय दुई वर्षीय वृद्ध महलुदन खातुनको निःशुल्क चेकजाँच गरीएको थियो । कार्यक्रम चेरित्सटेवाल सोसाइटीका नरसिंह समुहका विद्यार्थीको सहयोग तथा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साको आयोजनामा सम्मपन्न भएको हो । त्यस्तै नेशनल मेडिकल कलेजका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पतालका निर्देशक , इसरत जहाँ अन्सारी, कलेज निर्देशक रुवि श्रेष्ठ यासमिनको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM