२०८२ पुष १ गते मंगलवार

बीरगंजका एक अभियंताले लगाए बागेश्वर बालाजीको चरणमा हिन्दू राष्ट्र नेपालको अर्जी

 

अभिलाष गुप्ता
बैशाख २३ बिरगंज

बीरगंजका एक सामाजिक अभियंता तथा संचारकर्मी कन्हैया पटेलले बागेश्वर धाम बालाजीको चरणमा नेपाललाई पुन हिन्दू राष्ट्र कायम होस भन्नी अर्जी लगाएका छन। भारतको मध्य प्रदेशको गढ़ामा अवस्थिति श्री बागेश्वर धाम बालाजी मंदिरमा मंगलवार विशेष पूजापाठ गर्दे उनले नेपाल तथा देशवासि सहितको कामना सहित यस्तो अर्जी लगाएका हुन।

विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल धर्मनिशक्षेप भए संगै सनातन धर्म ,धार्मिक पूजापाठ, अनुष्ठान,शोभायात्रा तथा सनातनी माथी दिन दिनै घटना भई रहेको दुःख व्यक्त गर्दे नेपाललाई चाडै पुनः हिन्दू राष्ट्र कायम गर्नको लागी यहांको सम्पूर्ण देशवासी तथा राज्य नेताहरुलाई बालाजी के सद्बुद्धि दीउन भने कामना गर्दे पटेलले बालाजीको मंदिरमा नारिवल समेत बाधेर अर्जी गरेका छन।
नेपाल हिन्दू राष्ट्र भए पछी सबै कल्याण हुने विश्वास व्यक्त गरे। बागेश्वर धाम भारतमा मात्र हैंन अहिले विश्वभरी बाट चर्चामा रहेको छ। यहां अवस्थित बालाजीको मंदिरमा दर्शन र अर्जी बाधी २१ पेशी (दर्शन)मा‌‌त्रै‌ले सोचेको मनोकामना पूरा हुने भक्जनहरुको विश्वाश रहेको छ।

बागेश्वर धामका पीठाधीश्वर श्री धीरेन्द्र कृष्णा शास्त्रीले हिंदुत्व लाई एक पॉर्न जातपात तथा छुवाछूतको भेदभावलाई हटाउन र भारत लाई पनी हिन्दू राष्ट्र बनाउन विभिन्न किसीको रैली तथा सामाजिक कार्य गर्दे आईरहेका उनका शिष्ट समेत रहेका पटेल ले जानकारी दिए।

बागेश्वर धाममा हरेक मंगलावार र शनिवार भारत,नेपाल,अमेरिका, ऑस्ट्रेलिया,दुबई, बांग्लादेश लगायत अन्य देशबाट समेत लाखौको संख्यामा दर्शनार्थी आउने गर्दछन।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM