२०८३ असार १ गते सोमबार

वीरगंज वडा नं. २१ मा सडक अतिक्रमण हटाइयो, सडक विस्तारका लागि काम अघि बढ्दै

 

अभिलाष गुप्ता
बैशाख २६ बिरगंज

वीरगंज, २०७५/०७६ मा पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिइएको तर लामो समयसम्म निर्माण कार्य नहुन पुगेको वीरगंज महानगरपालिका वडा नं. २१ परवानिपुर चौकदेखि पश्चिम पटेलनगरसम्मको मुख्य सडक आज अतिक्रमणमुक्त गरिएको छ।

नगर प्रमुख श्री राजेश मान सिंहको निर्देशनमा कार्यान्वयनमा आएको यो कारवाहीले वर्षौंदेखि अवरुद्ध रहेको सडक विस्तारलाई गति दिने अपेक्षा गरिएको छ। ठेक्का रद्द भएपछि सोच्छन्द निर्माण सेवाले सो सडक खण्डको केही भागमा अवैध रूपमा संरचना बनाएको पाइएपछि महानगरपालिकाको भौतिक अतिक्रमण नियन्त्रण समितिले हस्तक्षेप गरेको हो।

रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतो लगायत केही व्यक्तिहरुले सडकको सरकारी जग्गामा बनाएका टहरा र संरचनाहरू हटाइएको हो।

स्थानीय बासिन्दाले आवतजावतमा परिरहेको समस्यालाई ध्यानमा राखी नगर प्रमुख सिंहले समस्या समाधानका लागि निर्देशन दिनुभएको थियो। अतिक्रमण हटाउने कार्यमा हरि पोखरेलको नेतृत्वमा अमिनसहितको टोली खटिएको थियो।

कार्यक्रममा वडा नं. २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, सचिवालय सदस्य नवराज फुयाल तथा नगर प्रहरी प्रमुख हरि प्रसाद भुसालको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको थियो।

स्थानीय बासिन्दाले सडक निर्माण कार्यको तीव्रता बढाइ शीघ्र सम्पन्न गरिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM