२०८३ जेष्ठ २८ गते बिहीबार

राैतहटमा भीम आर्मी नेपालकाे बृहत भेला सम्पन्न, जिल्ला तदर्थ समिति गठन

 

अभिलाष गुप्ता
राैतहट, मधेशप्रदेश

दलित समुदायको हक अधिकारका लागि संघर्षरत संगठन भीम आर्मी नेपालको रौतहट जिल्लामा हिजो एक बृहत भेला सम्पन्न भएको छ। कार्यक्रम भीम आर्मी नेपालका संयोजक तथा युवा नेता सुनिल रामको अध्यक्षतामा सम्पन्न भएको हो।

भेलामा रौतहट जिल्लाका विभिन्न स्थानहरूबाट आएका दलित समुदायका युवाहरू, अभियन्ता, तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाका प्रमुख अतिथि सुनिल रामले दलित समुदायको सामाजिक, शैक्षिक तथा राजनीतिक सशक्तीकरणका लागि भीम आर्मीको योगदान र आगामी रणनीतिबारे मन्तव्य राखेका थिए। उनले संगठनको उद्देश्यलाई अझ सशक्त बनाउन एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।

भेलाबाट भीम आर्मी नेपाल, रौतहट जिल्ला तदर्थ समिति गठन गरिएको छ। नवगठित समितिको संरचना निम्नानुसार रहेको छ:

जिल्ला तदर्थ समितिको नेतृत्व:अध्यक्ष: अवधनारायण राम,उपाध्यक्ष: रञ्जित पासवान,महासचिव: सर्वजित राम,सचिवहरू: दशरथ दास, उदय राम,कोषाध्यक्ष: धर्मेन्द्र,सदस्यहरू: ललन पासवान, नन्दलाल राम, बिनोद माझी, अनुप माझी,सल्लाहकार: सत्यनारायण राम, पुनित राम, बिरेन्द्र मल, विजय मली,विशेष समन्वय: मुकेश राम,सम्पर्क सचिवालय: भीम आर्मी नेपाल केन्द्र समिति

संयोजक सुनिल रामले नवगठित समितिका पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्। उनले संगठनको भावी कार्यक्रमहरूमा सक्रिय सहभागिता र नेतृत्वको अपेक्षा राखेका छन्।

भीम आर्मी नेपालले आगामी दिनहरूमा शिक्षा, सामाजिक न्याय, तथा अधिकारका लागि थप कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM