२०८२ मंसिर २६ गते शुक्रबार

हिमालयन आर्ट काउन्सिलद्वारा परम्परागत कला प्रदर्शनी तथा डिजिटल संरक्षण प्लेटफर्मको ऐतिहासिक शुभारम्भ

 

अभिलाष गुप्ता
ललितपुर,३१

नेपाली कला र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा समर्पित संस्था हिमालयन आर्ट काउन्सिलले आज पाटन संग्रहालयमा भव्य “थाड्का र पौभा कला प्रदर्शनी” तथा नवीन डिजिटल प्लेटफर्मको ऐतिहासिक शुभारम्भ गरेको छ।

भोलि थांका र पौभा कला प्रदर्शनी

हिमालयन आर्ट काउन्सिलले २०२५ मे १५ (जेठ १ गते अर्थात् भोलि) मा पाटन संग्रहालयमा ‘थांका र पौभा कला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । यो प्रदर्शनीले नेपालको पवित्र चित्रकला परम्पराको गहिरो सांस्कृतिक मूल्यलाई उजागर गर्नेछ । पाटन दरबार क्षेत्रस्थित संग्रहालयलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।नेपालका ५० भन्दा बढी कलाकारहरूका मौलिक कृतिहरू उक्त प्रदर्शनीमा राखिने काउन्सिलले बताएको छ ।

नेपाली कलाको संरक्षणतर्फ ऐतिहासिक कदम

कार्यक्रमको मुख्य आकर्षणमध्ये एक हो— परम्परागत कलालाई संरक्षण र वैश्विक स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको डिजिटल प्लेटफर्म। हिमालयन आर्ट काउन्सिलले यसको माध्यमबाट नेपाली कलाका निम्न चार प्रमुख पक्षलाई सुदृढ बनाउने लक्ष्य लिएको छ:

1. कला संरक्षण र पहिचान — एआई प्रविधिबाट नक्कली प्रतिलिपिबाट जोगाउने, हस्ताक्षरविहीन कृतिको स्रष्टा पहिचान गर्ने, र कलाकारलाई उचित श्रेय दिने।
2. कलाकारको सम्मान — जीवित गुरु कलाकारलाई सांस्कृतिक पहिचान र मान दिँदै, परम्परागत शैलीको संरक्षण।
3. संग्राहकका लागि पारदर्शिता — ब्लकचेन प्रविधिबाट कलाकृतिको स्वामित्व, मूल्य र इतिहास सुरक्षित राख्ने।
4. वैश्विक पहुँच — अनुवाद र डिजिटल कथा माध्यमबाट नेपाली कलालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने।

प्रदर्शनीका विशेष झलकहरू

प्रदर्शनीमा ५० भन्दा बढी मौलिक थाड्का र पौभा कृतिहरू प्रदर्शनमा राखिएका छन्, जसमा पुराना गुरु कलाकारदेखि नयाँ पुस्ताका सर्जकहरूको कृतिहरू समावेश छन्। शास्त्रीय र समकालीन शैलीको संयोजनले दर्शकहरूलाई नेपाली कलाको विकास र निरन्तरताको अद्वितीय अनुभव दिन्छ। साथै, प्रदर्शनीमा कलाकारहरूसँग प्रत्यक्ष संवाद गर्ने, चित्रकला हेर्ने र कथाहरू सुन्ने अवसर पनि मिल्नेछ।

नेपालको कला भविष्य सुरक्षित गर्ने दिशामा सार्थक प्रयास

नयाँ डिजिटल प्लेटफर्म अब केवल प्रविधिको प्रयोग मात्र होइन, यो नेपाली कलालाई अधिकारपूर्वक सुरक्षित राख्ने ऐतिहासिक माध्यम बन्ने अपेक्षा गरिएको छ। कलाकार, संग्राहक, अनुसन्धानकर्ता र आम दर्शक सबैका लागि उपयोगी यो पहलले नेपालको सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय जगतमा अझ मजबूतीसाथ चिनाउनेछ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM