२०८२ कार्तिक २९ गते शनिबार
neelambads

‘बिरगंज स्कुल अफ ल’ मा BALLB 2nd Semester का विद्यार्थीहरूका लागि एक दिवसीय कार्यशाला सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज १७ जेष्ठ

‘बिरगंज स्कुल अफ ल’ मा आज एक दिवसीय शैक्षिक कार्यशालाको आयोजना गरिएको छ, जसमा BALLB दोस्रो सेमेस्टरका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका छन्। कार्यशालाको उद्देश्य विद्यार्थीहरूलाई व्यवहारिक कानुनी ज्ञान प्रदान गर्नुका साथै तिनीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउनु रहेको थियो।

कार्यशालाको प्रमुख स्रोत व्यक्ति रितिक यादव (LLM Scholar, Kathmandu School of Law) थिए, जसले विभिन्न कानुनी सिद्धान्त, केस एनालाइसिस, र रिसर्च मेथडोलोजीहरूबारे विद्यार्थीहरूलाई गहिरो जानकारी प्रदान गरे। उनले कार्यशालामा अन्तरक्रियात्मक शैलीमा विद्यार्थीहरूसँग छलफल गर्दै व्यावहारिक ज्ञानमा आधारित सत्रहरू सञ्चालन गरेका थिए।

उक्त कार्यशालाले विद्यार्थीहरूमा कानुनी सोचाइको स्तर अभिवृद्धि गर्नुका साथै उनीहरूको विश्लेषणात्मक क्षमतामा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ। सहभागीहरूले स्रोत व्यक्तिको प्रस्तुतीकरण निकै जानकारीमूलक र प्रेरणादायी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापनमा बिरगंज स्कुल अफ ल
कलेजका निर्देशक चन्द्रिका पटेलले स्रोत व्यक्तिलाई सम्मान गर्दै भविष्यमा यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता जनाएको छ।

यस किसिमका कार्यशालाहरूले कानुन अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँगै भविष्यमा कुशल कानुनी व्यवसायी बन्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित देखिन्छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

neelambads
neelambads

Live

Listen Live FM