२०८३ जेष्ठ २८ गते बिहीबार

उपकार सेवा नेपालद्वारा वृद्ध–वृद्धा आश्रममा मासिक सहयोग वितरण

अभिलाष गुप्ता
ठोरी — जेष्ठ २०८२

सामाजिक सेवामा निरन्तर क्रियाशील उपकार सेवा नेपालले यस जेष्ठ महिनामा पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूका लागि दैनिक उपभोग्य सामग्रीहरू प्रदान गरेको छ।

संस्थाले मासिक रूपमा प्रदान गर्दै आएको सहयोग अन्तर्गत यसपटक आश्रमलाई ३० किलो चामल (१ बोरा), १० किलो स्वाबिन, १ बोरा चिउरा, नून, सर्फ, साबुन, र ५ लिटर फिनाइल लगायतका आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको हो।

एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले उक्त सामग्रीहरू आश्रमका प्रतिनिधि राम बहादुर थिङ्गलाई औपचारिक रूपमा हस्तान्तरण गरे।

उपकार सेवा नेपालले यस्ता सहयोग कार्यक्रमहरूमार्फत समाजका विपन्न तथा सहयोग अभावमा रहेका वर्गलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ। संस्थाका अनुसार यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहनेछन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM