२०८२ फाल्गुन ५ गते मंगलवार

हेटौंडामा लागूऔषधसहित दुई युवा पक्राउ

 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ९ स्थित गुम्बा चोकमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले १ ग्राम ६५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि खानतलासी गर्दा उनीहरूका साथबाट लागूऔषध फेला पारेको हो। पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं. ९ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कर्रामा बसोबास गर्दै आएका १९ वर्षीय निश्चल लामा नेगी र जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ६ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा डेरा गरी बस्दै आएका २० वर्षीय अभिषेक राना रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धान अघि बढाएको छ। लागूऔषध (खैरो हेरोइन) सम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत मकवानपुर, हेटौंडाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM