चिकित्सकहरूको संस्था लायन्स क्लब वीरगन्ज क्यूरेटिभको आयोजनामा बिरगंज स्थित भिस्वा बौद्ध गुम्बामा पर्यावरण सम्बर्धन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम अन्तरगत गुम्बाको वातावरणअनुसार आँवला सहित विभिन्न जातका रूख हरियाली कायम राख्न लगाइएको थियो ।

समारोहमा लायन्स डिस्ट्रिक्टमा पाँच दशकदेखि क्रियाशील पूर्व डिस्ट्रिक्ट गर्भनर वरिष्ठ लायन डा. आरपी खेतानको प्रमुख आतिथ्य थियो । त्यस्तै कार्यक्रमको विशिष्ठ अतिथिको रुपमा महिला समाजसेवी दुर्गादेवी भट्टराई, पूर्व अध्यक्ष डा. सुमन प्रसाद, संस्थापक सदस्य डा. जगदीश अग्रवाल, हृदयरोग विशेषज्ञ डा. राधा भट्टराई, एनेस्थेशिय विज्ञ डा. अभिषेक अर्याल,आमा–बुबाहरूको सेवा भावमा प्रेरित युवा अभिन्ता अर्याल,राजभी अर्याल,बबिता यादव, गुम्बा प्रतिनिधि अर्जुन तामाङ, उमेश लामा, नीमा लामा, सम्टेम लामा, राम बहादुर लामा, राम कुमार घिसिंग सहित समाजसेवी, पर्यावरण प्रेमी, पत्रकार, महिला अनि पुरुषहरूको उत्साहपूर्ण सहभागिता थियो ।

कार्यक्रममा सहभागी हरूले हरियालीको सुरक्षा, पर्यावरणको सन्तुलन कायम राख्न रूखरोपणको महत्वपूर्ण भूमिका रहने कुरा औंल्याएका थिए ।

















