२०८३ असार २९ गते सोमबार

जगरनाथपुर गाउँपालिकामा जनमत पार्टीको लहर कायम, महिलाहरूको टोल इकाई समिति गठन

 

जगरनाथपुर गाउँपालिका वडा नं. ६ आवराहा टोलमा जनमत पार्टीको लहर थप मजबुत हुँदै गएको देखिएको छ । हालै जनमत पार्टीले आयोजित विशेष कार्यक्रममा सयौं महिलाहरू पार्टीमा प्रवेश गरेका छन् ।

सुदामा देवीको नेतृत्वमा सम्पन्न कार्यक्रममा महिलाहरूले पार्टीमा सामूहिक रूपमा प्रवेश गरेपछि तत्काल प्रभावती देवीको अध्यक्षतामा ४३ सदस्यीय महिला टोल इकाई समिति गठन गरिएको हो ।

उक्त कार्यक्रममा बृजेश्वर प्रसाद चौधरी, रामनारायण मिश्रा, अञ्जना गुप्ता, केदार पटेल, संजय सिंह, सुशील चौरसिया, राघेशयाम चौरसिया, नकछेद चौरसिया, सूरज राम, अनिता देवी, कलिता देवी, रामरति देवी लगायतका स्थानिय व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले जनमत पार्टी जनताको अधिकार सुनिश्चित गर्न कटिबद्ध रहेको भन्दै गाउँपालिकाका अन्य टोलहरूमा पनि यस्तै संगठन विस्तार गरिने जनाए ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM