वीरगञ्ज महानगरपालिका वडा नं ३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकारद्वारा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र वीरगंजमा एसी हस्तान्तरण गरिएको छ ।
गर्मीको समयमा रक्तदान गर्न आउने रक्तदाताहरुलाई सहज वातावरण प्रदान गर्न वडाअध्यक्ष स्वर्णकारको नेतृत्वमा डेढ टन क्षमताको एसी प्रदान गरिएको हो । साथै स्टेप्लाइजरसमेत हस्तान्तरण गरिएको जनाइएको छ ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंज प्रमुख सौरभ राज पाण्डे, राजन श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल सहित रेडक्रस पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीहरूको सहभागिता थियो ।
वडाअध्यक्षको यो सहयोगले रक्तदाताहरुलाई चिसो वातावरणमा रक्तदान गर्न सजिलो हुन साथै रक्तसञ्चारको व्यवस्था अझै सुधार हुने विश्वास गरिएको छ ।
Post Views: 715









