२०८२ मंसिर २६ गते शुक्रबार

वीरगञ्जमा एचआईभी उपचार सम्बन्धी परियोजना परामर्श समिति बैठक सम्पन्न

 

 

एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालको सहकार्यमा वीरगञ्ज महानगरपालिकामा एचआईभी उपचार सम्बन्धी परियोजना परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा नारायणी अस्पतालमार्फत प्रदान गरिंदै आएको एचआईभी संक्रमितको उपचार सेवा सम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो । एएचएफ नेपालकी एआरटी परामर्शदाता रोशनी सर्राफले प्रस्तुतिमा जनाउनुभयो अनुसार नारायणी अस्पतालको एआरटी केन्द्रमा एक हजार ५०१ एचआईभी संक्रमित व्यक्ति निःशुल्क उपचार गराइरहेका छन् । उनका अनुसार परसा, बारा, रौतहट, मकवानपुर, सर्लाही, धनुषासमेत सीमा वारिपारि भारतमा बसोबास गर्ने संक्रमितहरूसमेत उपचारको दायरा मा परेका छन् । एएचएफको कार्यक्रमको लागि वीरगञ्ज महानगरपालिकाले प्रयोगशालामा गरेको सहयोगको लागि सर्राफले धन्यवाद व्यक्त गरिन् ।

छलफलमा सहभागी वक्ताहरूले छिमेकी देश भारतमा रहेका एचआईभी संक्रमितको उपचारमा असजिलो हुन सक्नेतिर औँला औँदै दुवै देशको सम्बन्धित निकायको समन्वयमा संक्रमितको उपचारको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकाले ।

जिला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारले अझै पनि निकै जनसंख्या उपचारको पहुंच बाहिर रहेकाले सबै संक्रमितको उपचारको व्यवस्था हुनुपर्ने कुरा औँल्याउनुभयो । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चुमनलाल दासले कुनै पनि व्यक्ति उपचारविहिन हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

नयाँ जीवन विकास सेवा समाजका एड्भोकेसी अधिकृत जाबेद आलम पठानले उपचारको लागि चाहिने भाइरल लोड परिक्षणमा संस्थाको तर्फबाट सहयोग गरिने जानकारी गराउनुभयो । त्यस्तै एचआईभी संक्रमित बालबालिकाहरूलाई पनि संस्था हरमहीन दुई हजार रुपैयाँको मासिक सहयोग प्रदान गरिरहेको कुरा जनाउनुभयो ।

कार्यक्रममा एआरटी फोकल व्यक्ति डा. अतुलेश कुमार चौरसिया, नारायणी अस्पतालकी नर्सिङ प्रमुख श्रुति साह, वीरगञ्ज महानगरपालिकाका कर्मचारी सहित एएचएफ नेपालका अंकित गुप्तालगायतको सहभागिता थियो । बैठकमा वार्षिक कार्यक्रमको प्रगति सम्बन्धी जानकारी पनि प्रस्तुत गरिएको थियो ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM