२०८२ फाल्गुन ५ गते मंगलवार

जगरनाथपुर ५ मसिहानीमा पानी तान्ने मोटर र चापाकल सामग्री सहयोग

 

स्थानीय पूर्वाधार मर्मतमा मेयर प्रत्याशी बृजेशवर चौधरीको सहकार्य।जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ अन्तर्गत मसिहानी गाउँमा अवस्थित पुरानो पानी टंकी र चापाकल विगत केही समयदेखि प्रयोगबिहीन अवस्थामा पुगेको थियो। गण्डक नहरको छेउमै रहेको र वर्षौंदेखि स्थानीयको दैनिक पानीको आवश्यकता पुरा गर्दै आएको सो सुविधा केही दिन यता मोटर बिग्रिनु र चापाकलका महत्वपूर्ण भागहरु टुट्नुका कारणले पूर्णरूपमा बन्द अवस्थामा पुगेको थियो।

समस्या दीर्घकालीन भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा स्थानीय बासिन्दा दैनिक उपयोगको पानीका लागि अन्यत्र भर पर्नुपर्ने बाध्यता उत्पन्न भएको थियो। यस समस्यालाई मध्यनजर राख्दै जगरनाथपुर गाउँपालिकाका मेयर पदका प्रत्याशी बृजेशवर प्रसाद चौधरीले स्वेच्छिक पहल गर्दै १ थान नयाँ पानी तान्ने मोटर र चापाकल मर्मतका लागि आवश्यक सामग्रीहरू प्रदान गरेका छन्।

सहयोग स्वरूप प्रदान गरिएका उपकरणहरूबाट चाँडै मर्मत कार्य सम्पन्न गरिने विश्वास व्यक्त गरिएको छ। यस कार्यमा स्थानिय युवा समूह र स्वयंसेवकहरूले सक्रिय सहयोग पुर्याइरहेका छन्।

स्थानीय बासिन्दाहरूले चौधरीप्रति आभार व्यक्त गर्दै भने, “वर्षौंको समस्यालाई उनले मनन गरी समाधानको पहल गर्नुभएकोमा हामीले उहाँमा आशा देखेका छौं। यो सहयोग हामी सबैका लागि अत्यन्तै उपयोगी छ।”

सामाजिक सेवामा सक्रिय देखिने चौधरीले आगामी दिनहरूमा पनि स्थानीय समस्याहरू समाधान गर्न जनताको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM